Jump to content

Page:Bhikari.pdf/10

From Nepali Proofreaders
Revision as of 17:35, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<big>'''बादल'''</big> <poem> १ हामी सन्तति हौं अगाध जलका ग्रीष्मर्तुको जन्म हो, हाम्रो जन्म हुँदा महोत्सव थियो, सारा उज्यालो सफा, हाँस्थे सूर्य र छालमा उछलिंदा टल्पल् गरी नाच्तथे, टाढासम्म हावा न...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बादल


हामी सन्तति हौं अगाध जलका
ग्रीष्मर्तुको जन्म हो,
हाम्रो जन्म हुँदा महोत्सव थियो,
सारा उज्यालो सफा,
हाँस्थे सूर्य र छालमा उछलिंदा
टल्पल् गरी नाच्तथे,
टाढासम्म हावा निमन्त्रित थिए,
चल्थे बडा तेजले।


हाम्रो व्योमविहारको मन थियो,
ऊँचा थियो कामना,
हामी सुस्त चढ्यौं सफा किरणका
साना मसीना सिंढी।
माथी-माथि चढ्यौं मिल्यौं र फिजियौं
आकाशको क्षेत्रमा
बोकी चल्छ हवा डुलाउन जगत्
डाँडा, पुरी, जङ्गल।