Jump to content

Page:Bhikari.pdf/8

From Nepali Proofreaders
Revision as of 17:32, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> कुन आमाले काख लिँदामा बल्थे दृगका दुइ दीप? कुन आशाले नजर खुलायो सूर्य चाद्रको नजरसमिप? किन मुर्झायो? किन वौलायो? किन मधुरो यो जीवन्- व्दीप? ७ बुद्ध देवको नजर अगाडि यही भिखरी आएथ्य...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कुन आमाले काख लिँदामा
बल्थे दृगका दुइ दीप?
 कुन आशाले नजर खुलायो
सूर्य चाद्रको नजरसमिप?
 किन मुर्झायो? किन वौलायो?
 किन मधुरो यो जीवन्- व्दीप?


बुद्ध देवको नजर अगाडि
 यही भिखरी आएथ्यो,
 मुर्ति यसैमा शब्द यिनैमा
मुटुको शूल कराएथ्यो,
 महान दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो,
भेष यसैले बलिको शेखी
 पवित्र पारी निठुराएथ्यो।


 कालो बादलबाट खसेको
 अन्धकारमा भित्र पसेको,
 ईश्वर हो कि भिखारी?
 बोल्दछ ईश्वर हृदय घुसेका
 घर, घर आँगन चारी
 बोल्दछ, आर्तध्वनिमा बोल्दछ
 करूणामृत दिल भारी।


 युग-युगभरको आँसुहरूको
 सार अपार उतारी।