Jump to content

Page:Sunko bihani.pdf/24

From Nepali Proofreaders
Revision as of 19:32, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center block| <poem> मुटु र ज्यान आज हाली ::हुकुम एक पाली । ढरर ढम्म ढरर ढम्म ::हिंड्न कदम चाली ॥ छोड्नुपर्छ घर र बार ::देश-निंति सारा । यो हुरी पछाडि हामी ::बन्नुपर्छ तारा ॥ प्रभु छ माथि हृदय साथी ::म...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

मुटु र ज्यान आज हाली
हुकुम एक पाली ।
ढरर ढम्म ढरर ढम्म
हिंड्न कदम चाली ॥

छोड्नुपर्छ घर र बार
देश-निंति सारा ।
यो हुरी पछाडि हामी
बन्नुपर्छ तारा ॥

प्रभु छ माथि हृदय साथी
मर्छ को र प्यारा  !
देश-निंति मर्नु जिउनु
गुम्नु मेट्नु प्यारा ।

पीठ नदिनू बढ्नू बढ्नू
चढ्नू कठिन किल्ला ।
यो धूवाँ र आँधिपछि
कीर्ति मधुर खुल्ला ॥