Jump to content

Page:Sunko bihani.pdf/36

From Nepali Proofreaders
Revision as of 20:10, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(६)}} म त गर्छु कुरा कतिसाथ कति ::अघिका अघिका जति गर्छु उति मुख मात्र रसाउँछ अमृतले ::लिन छन्द मिठास खुशीसितले {{pcn|(७)}} अघिका अघिका दरबारहरू ::झलमल्ल खुली तरवारहरू झललल्ल बनीकन द...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(६)
म त गर्छु कुरा कतिसाथ कति
अघिका अघिका जति गर्छु उति
मुख मात्र रसाउँछ अमृतले
लिन छन्द मिठास खुशीसितले

(७)
अघिका अघिका दरबारहरू
झलमल्ल खुली तरवारहरू
झललल्ल बनीकन देख्छु म ता
इतिहास भयो र कथा कविता ।

(८)
कहिले म त देख्दछु दृश्य नयाँ
कहिले सुखको दुखको दुनियाँ
अघिका जुगसाथ म गर्छु कुरा
कति मोज छ चढ्नु किताब-चरा ।