Jump to content

Page:Sunko bihani.pdf/33

From Nepali Proofreaders
Revision as of 19:54, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(९ )}} दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर । बनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुरा ॥ भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर । कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥ {{pcn|(१० )}} दिए हा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(९ )
दिई आफ्नो बास्ना जगतकन डाकेर भँवर ।
बनी दानी दिन्छौं हृदय-मह मीठो बुझ कुरा ॥
भए स्वप्ना जस्तो जिउनु वन राम्रा छिनभर ।
कलीलो छाती होस् मगमगम जगत् पी मह तर ॥

(१० )
दिए हामीलाई नरम गहना, रंग रसिला,
"बनाओ ए भन्थे" जन हृदय आनन्द हँसिला ।
अरूलाई पोस्ने हृदय छ कचौरा रस भरी
त्यसैले हो बास्ना मगमग चलेको हरहरी ॥