Jump to content

Page:Shakuntala.pdf/127

From Nepali Proofreaders
This page has not been proofread

चूप बन्दछ समाज बैंसको ।
थप्दछिन्‌ अलि सँभालिँदो स्वर ॥
“हेर हेर सखि कुञ्ज कौमुदी ।
मञ्जुपत्रहरुले खुशी हुँदी ॥
यो थिई हिउँदमा यहाँ
बे आज क्या सत घ गम्किँदी ॥
वसन्त वन जून |
यो अशोक तरुकी विचुम्बिनी ॥
भुल्दछै सुख हुँदी हवा छुँदी ।”
(३२)

बोल्दधिन्‌ अनि सुमिष्ट सर्वदा ।
शाब्दकोमल मिही प्रियम्वदा ॥
“कौमुदी छ हँसिली सुधालता ।
बैंसदार स्तन-कुड्मला$ङ्किता ॥
चन्द्रसुन्दर समीरचुम्बिता !
प्रेमकोमल-करा सुकेशर ॥
त्यो अशोकपरिरम्भिणी रता ।
बैंसकीमृद॒ बनी लता ।
भुम्चिदो सिंगारकी परी ॥
बेर्दछे तरु बडो मनोहर ॥
वाद्य चारु त्यसमा बने चरा ।
यो विवाह छ वसन्तमा यहाँ ॥
छौँ तिमी त अबला कठैनरा !"
(३३)

यो सुनेर मनंको प्रतिध्वनि ।
पाउँदा मधुर शब्दका मनि॥
000“.मनमनै जगन्मणि ।
विभवका बडा धनी॥
"क्या मिलेछ यिनमा प्रियास्पदा ।
नाम सुन्दर अहा !प्रियम्वदा ॥
बोलिदेउन अरू क्रा त्यता ।
बोल्न छोड्नु किन चूप भै यता ?'
(३४)