Jump to content

Page:Shakuntala.pdf/93

From Nepali Proofreaders
Revision as of 07:21, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

सफेद कर काँच झै सकल मूलका काममा ।
झिलीमिलि रँगाउँछन्‌ कुसुमकालका रङ्गमा ॥
सबै किरणकामना हृदयका बनी भावना ।
तिनै किरणपोषमा मधुर तोष हालीकन ॥
नशाभर सुरा भरी रँग र रूपमा माधुरी ।
प्रकाशन प्रयत्नमा अधर हानिदिन्छन्‌ हरि ॥
(१७)

छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता ।
त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥
सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा ।
अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥
(१८)

अनोल पनि बोल भै अचलसम्म नै दोल भै।
सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै॥
फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा ।
सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ?
(१९)

झरेर तरुनोपना हरितरङ्ग बल्दो घना ।
छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥
विहङ्गम गला गरी मधुर वेणु झैँ मोहन ।
जगत्‌ छ कि बनाउँदो नित नवीन वृन्दावन ॥
(२०)

कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा ।
हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥
बनी रँग विभिन्नता छिरबिराउँछन्‌ के यता ।
चलूँ मृदु झूनूँ फुलूँ रव गर्छ भने झै कता ॥
(२१)

चरा छ जसको कुरा अनि छरोगन नै हरा ।
छ पुष्प मधुरो शिरा किसलया५५धरा हृदूहरा ॥
छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा ।
हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥
(२२)