Jump to content

Page:Shakuntala.pdf/91

From Nepali Proofreaders
Revision as of 07:18, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

बढेर नव आँकुरा भुइँभरी हरा औ भरा ।
चर्रहुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥
नयाँ कुरा यति बढेछ छापी धरा ।
भनेर कुसुमाकरा दुति पुय्याउँछै टाकुरा ॥
(५)

बनेर नृप वन्य झैं क्रतु वरेण्यमा गण्य झैं ।
कुबेर घनधान्य झै कलुषकालिमा शून्य झैं ॥
मनोहर अनन्य झैं 'मदनजन्य लावण्य झैं ।
प्रफुल्लित हिरण्य झै छ त्रातुराज सौजन्य झैं ॥
(६)

लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी ।
नशासरि रंगीन छन्‌ जुन त्यसै भरी बेसरी ॥
हवा हरहरी गरी मलयको परीको थरी ।
हिलाउन डुले घरी चमर हेर लाखौं थरी ॥
(७)

डटी वसनमा हरा मखमली बनाई धरा ।
लिई कुसुमका सुरा पुलकमा पुच्याई शिरा ॥
गवाउन्‌ सिकी चरा सुरभिले छुँदो उर्वरा ।
प्रसूनज्वलिताम्बरा, नृप छ राज गर्दो धरा ॥
(८)

रंगीन उसको कला कति भला रसामा खुला ।
नचाउँछ पला पला सुचपला मुना कोपिला ॥
अनेक रसिला थला मृदुगला गुँजिन्छन्‌ भला ।
तँगीकन तला तला कुसुमरङ्गमञ्ची कला ॥
(९)

छ ईश मृदु छन्दमा कुसुमबन्धका गन्धमा ।
विकास दिलको लिँदो किरणदार आनन्दमा ॥
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता ।
कँदेर मृदु ओठ ती, छ मुस्काउँदो फूलमा ॥
(१०)