Jump to content

Page:Shakuntala.pdf/81

From Nepali Proofreaders
Revision as of 17:03, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(अनुष्टुप्)
अनसूया तथा 'चारु' अर्की एक प्रियम्बदा ।
खेल्थे साथी भई तीन हाँगामा पुष्प कें बनी ॥
(४६)

रानी पारी तिनैलाई ताज फूल बनाउँदे।
सिंगारी नाच्यये आफू, मानो विपिनका परी ॥
(४७)

वसुन्धरा कतै नाच्छे कते "छम् छम् छनानना ।"
पुष्पका तालमा नाच्थे सुखतुल्य सबै जना ॥
(४८)

बिहा गरेर ती खेल्ये 'चारु' राजा बनीकन।
रानी शकुन्तला बन्धिन् प्रजा बन्थे अरू जन ॥
(४९)

(शालिनी)
यस्तै लीला बाल्यमा चारु खेली।
मीठो पाई सौख्य जस्ती हवेली ॥
चोरी गाना मालिनीका उज्याली।
बद्धिन् हाम्री अप्सरारूपवाली ॥
(५०)

जूनै जूनैबाट मानो , कुंदेकी।
फूलै फूलैबाट मानो बनेकी ॥
राता गाला दीर्घ आँखा उज्याला।'
विश्वश्री प्रातमा चारुचाला ॥
(५१)

बढ़चिन् हामरी बालिका दिव्य राम्री।
तोते बोली अप्सरा शब्द घोली ॥
फुप्रोलाई थुप्रो जुहार।
जस्तो पारी रूप भारी कुमारी ॥
(५२)