Jump to content

Page:Shakuntala.pdf/80

From Nepali Proofreaders
Revision as of 16:59, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

त्यस्ती जुहार घरमा हँसिली हुनाले।
टूनासमान छविदार गयो अँधेरी ॥।
दारिद्रय नै धन भयो र कुबेर हाँसे।
लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
(४०)

ती गौतमी पनि बनी जननी तिनैकी।
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई।
छन् मस्त, गीत रसिला उसमा सुनाई॥
(४१)

मारेर सुस्त ठुँग़ मस्त हुँदी ठिटीका ।
मुद्रा मुनासरि सुकोमल केशमाथि॥
ती बाललाइ पृथिवी जननी बनेर।
बूढ़ी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
(४२)

राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
राम्रो लिएर शिशुचाल रमाइलोने ॥
ती कल्पनासरि भइन् रसिली सजीव।
देखेर फल्ल सब जो ऋषि धोर देख्ये ॥
(४३)

यौटा थियो घरविषे मृग सानु बच्चा।
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बद्दै गएर दुइ साथ बसेर वार्ता ।
गर्थे, बुफेर मृगशावक दङ्ग परध्यो ॥
(४४)

तारा विभातहरुका सरि एकली भै।
एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्धिन् ॥
यौटा प्रभा सुनहला तब विश्वमित्र।
स्वप्नासमान नव जागृत बन्न जान्ध्यो।
(४५)