Jump to content

Page:Shakuntala.pdf/78

From Nepali Proofreaders
Revision as of 16:58, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई।
पूजा गरेर दिलले जलसाथ हेछाँ ।
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म।
कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
(२८)

विग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा।
वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥।
त्यो कालमा शिशु अविकृत शान्त हाँसी।
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
(२९)

त्यो इन्द्रको धनुपछाड़ि दगुर्न खोजने ।
देखेर सत्य खँदिलों नभबीच ऊँचा ।
जो भावको गति छ त्यो यदि आज पाऊँ।
यौटा नयाँ निगम यो जगमा बनाऊँ॥
(३०)

खेली कुंदेर छरिता पदसाथ नाची।
हॉसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश।
आए बनेर शिशु गर्न सुचारू लीला ॥
(३१)

यो दुःखको जलधिमा यदि मिल्छ एक।
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कते छ तममा यदि जिन्दगीको ।
त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
(३२)

सानी शकुन्त-सेंगिनी हँसिली भएर।
पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्चिन् सुवर्णनभमा सुप्रभातभित्र।
रद्दीनपङ्ख मनमाफिकले विचित्र ॥
(३३)