विश्वासको मृदुलता जुन हो मुना कें।
जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
खस्दैन आधिहरुबाट, ढलेर जाँदा ।
ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
(२२)
आधारदार सुकुमार विचारधारा:।
सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
आनन्द के मधुर ज्योति लिने विचित्र ॥।
(२३)
आनन्दको मधुर ज्ञान अनन्त निल्ने।
जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली।
जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
(२४)
आँखा अनन्तसित गर्छ कुरा चमक्क।
धष्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द।
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
(२५)
जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा।
त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
फल्किन्छ त्यो प्रगतिमा सुरगुह्य भल्ल ।
जो भावमा विवुध छन्, शिशु छन् त्यहीं ने ॥
(२६)
पाऊँ म त्यो मधुरता यदि आज थोर।
बन्थें परी, विबुध, स्वर्ग नलाद बेर ॥
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
विश्वाससाथ सब विश्व उ राज गर्छे ॥
(२७)
Page:Shakuntala.pdf/77
Appearance
This page has not been proofread
