पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती।
मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
भाषा बुफिन्छ खगको अनि नाटकीय।
त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
(१६)
जो पात एक महलैसरि दिव्य ठानी।
बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु।
आनन्दका महल हुन् शिशु नै फुलेका ।
(१७)
छम् प्रौढभाव उनका मनमा मुना कें।
स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर।
बिग्रिन्छ फेरि नवता लिन चारु हेर॥
(१८)
बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
संवादबीच दिल शैशवको छ मस्त।
अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
(१९)
देखेर ऐक्य सब रूप र रङ्गभित्र !
जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
मीठोपनासँग समाउँछ भित्र छाती ।
त्यो भाव लग्छ अभ क्यार कि स्वर्गमाथि ॥
(२०)
निर्जीव छैन तटनेर शिला सलक्क ।
जो हुन्छ चारु लहरी जलको भलक्क ॥
त्यो गर्छ भाषण मनोहर कल्कलाई।
आनन्दको मुटुसितै लय नै मिलाई ॥
(२१)
Page:Shakuntala.pdf/76
Appearance
This page has not been proofread
