सचेत चारुनेत्रले सजीव दृष्टिले इँदो । तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥ सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन् नर ।
कि झैं भएर कृद्दध्यो सयत्न-फीँज सत्वर ॥ 0]
सशङ्क वक्ष उप्सिँदो, धकाउँदो र आत्तिँदो ।
तडित् समान वेगको छनूँ जगत् भने सरि ॥
छरेर
शस्य दाँतले छरक्क फींज छकिँदो ।
फटक्क नाघ्दथ्यो बुटा बनेर अन्ध वेगको ॥
खलोँतितुल्य सासको, फरक्क फर्किई हँदो ।
तरक्क आँसु नेत्रको झलक्क भै हवा हुँदो ॥ १९)
भएर अन्ध वेगमा मिलेर चट्ट ठक्कर ।
चरक्क घाउ रेखिँदो भिजेर रक्तले खुर ॥
कतै कतै छिटा झरी भुवा रँगाउँदो अलि ।
उड्यो हवा बनेर त्यो अनन्त त्रासले बली ॥
(२०) न सुन्दथ्यो कुटीविषे कदापि शब्द कर्कश ।
सदा प्रसन्न टिप्दथ्यो चुनेर शस्यका रस ॥ न जासले सताउँथ्यो न कालको थियो डर ।
प्रभो ! नृसिंह देखिँदा उडेख होश झैं तर ॥ क्षमा गरेर भीतमा प्रभो क्षमा-महीधर । सुपृण्य प्राणदान होस्, न कष्टले उढून्. कर ॥”
(र)
सुनी प्रतापका धनी दयार्द्र चित्तका बनी । महागुणी सुनाउँछन् दयालु भावका ध्वनि ॥ “भनेर मिर्ग मामुली
लखेटमा थिएँ तर ।
बुझी महर्षि कण्वको कुटी-सिँगार सुन्दर ॥
१०६