Jump to content

Page:Shakuntala.pdf/96

From Nepali Proofreaders
Revision as of 02:41, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with ""तमोवृत छ जो जगत्‌ विषयका खिचातानमा । यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥ यिनैकन गर्छै भनी मृदुल रूप आमन्त्रण । भुलाउन फुलाइने मृदुलमन्त्र (३५) हो यौवन ॥ न लेशभर लोभका न कटु कामको...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

"तमोवृत छ जो जगत्‌ विषयका खिचातानमा ।

यहाँ हृदयका चरा परुषका

सुखा शानमा ॥

यिनैकन गर्छै भनी मृदुल रूप आमन्त्रण । भुलाउन

फुलाइने

मृदुलमन्त्र (३५)

हो

यौवन ॥

न लेशभर लोभका न कटु कामको कामना ।

लिईकन छुन्‌ यहाँ ?” भनि-दिँदै सफा सम्झना ॥

गुलाबहरु उडेर तर

विषयपत्र झारी भरे । मोहनी मृदु कपोलमा ती चढे॥

(३६)

वियोगसरि बन्दछन्‌ कुसुमबोट भै कण्टक । सजीव अमर प्रभा तर बनेर निष्कण्टक ॥

अनन्त समयै भरी प्रकृतप्रेमले पाउने ।

बनिन्‌ अमृत झै यिनी अधरदार पृथ्वीविषे ॥

(२३७) अरू चपल चारुता चटुलता र चाञ्चल्यले । बनेर नखरे

ठिटी मन

इशारिने

बढ्दछन्‌ ॥

यिनी मधुर-भावकी सरलता फुलेकी लतासमान अति चारु छन्‌ प्रकृतभावलज्जास्पदा ॥ (३८)

हवासदृश बग्दछन्‌ सुरभिभाव

सानन्द ती ।

तिनी प्रकृत चालकी मृदु प्रवाल छन्‌ मालती ॥

मुसुक्कसित मुस्किँदा कुसुम फुले कि ? संसारमा ।

अझै शरम खोज्छ रे प्रथम लालिमा सारमा ॥ (३९)

यिनी शरम-शुद्ध छन्‌ मधुर रङ्ग चढ्दैछ त्यो । छ खालि वन कोपिले रँग कसो कसोमा अहो ॥ उघारिन उघारिनै छ कि तयार झैं माघुरी । उषासदृश

प्रातको

उदय

(४०)

थोर

बाँकी

हुँदा ॥