बढेर नव आँकुरा भुइँभरी हरा औ भरा । चर्रहुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥ नयाँ कुरा यति बढेछ छापी धरा । भनेर कुसुमाकरा दुति पुय्याउँछै टाकुरा ॥ ७५)
बनेर नृप वन्य झैं क्रतु वरेण्यमा गण्य झैं । कुबेर घनधान्य झै कलुषकालिमा शून्य झैं ॥ मनोहर अनन्य झैं 'मदनजन्य लावण्य झैं । प्रफुल्लित हिरण्य झै छ त्रातुराज सौजन्य झैं ॥ (६)
लिएर मृदु मञ्जरी त्यस भरी भरी ती जरी ।
नशासरि रंगीन छन् जुन त्यसै भरी बेसरी ॥
हवा हरहरी गरी मलयको
परीको थरी ।
हिलाउन डुले घरी चमर हेर लाखौं थरी ॥
(७) डटी वसनमा हरा मखमली बनाई धरा ।
लिई कुसुमका सुरा पुलकमा पुच्याई शिरा ॥
गवाउन् सिकी चरा सुरभिले छुँदो उर्वरा । प्रसूनज्वलिताम्बरा, नृप छ
राज गर्दो धरा ॥
(८)
रंगीन उसको कला कति भला रसामा खुला । नचाउँछ पला पला सुचपला मुना कोपिला ॥ अनेक रसिला थला मृदुगला गुँजिन्छन् भला । तँगीकन तला तला कुसुमरङ्गमञ्ची कला ॥
(९) छ ईश मृदु छन्दमा कुसुमबन्धका गन्धमा । विकास दिलको लिँदो किरणदार आनन्दमा ॥
झिनो छिनु चिनो दिँदो मधुर शिल्पको स्वल्पता । कँदेर मृदु ओठ
७
ती, छ
(१०)
मुस्काउँदो फूलमा ॥