Jump to content

Page:Shakuntala.pdf/72

From Nepali Proofreaders
Revision as of 16:21, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन।
गाभा के सुनकी महीरुहविषे बोक्दै फुलिन् गौतमी ॥।
आमाका सब भाव जो प्रथम छन् हावा भुलौना बनी।
पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिंगार्ने भए ॥
(४७)

के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
बूढ़ा बाबु सदैव छन् हँसमुखा यो फल्लरी फूलमा ॥
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन सह्यारी शिशु।
सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
(४८)

बाँडौला र छुनूमुन कुसुमका हाँगाहरूका सब।
बीयाँका भुइॅबीच
वर्षशुरुमा ती पासलीपोसली ॥
हावाका “फुल बाबु" रबहरुका चाचा, चरी चकचके।
तोते ताति अनेक छन् प्रकृतिमा वात्सल्य ने विश्व हो ॥
(४९)

"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाड़िनीसाथमा।
साधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी॥।
"राम्रो सूफ गऱ्यौ"' भनेर ऋषिले लेखे नयाँ पातमा।
चिल्ला पिप्पलको हवासित सदा उछलेर मर्मर लिने ॥
(५०)

न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
गुन् गुन् गुन् भँवरा सुरारस पिई आनन्दको, पड़िखदा ॥।
साना छुन्मुन स्निग्ध प्रल्लव फुटी, पत्ना हिलेका दिन।
आँखाले हँसिली मुमा प्रकृतिको देखाउँधिन् ती शिक्षु ॥
(५१)

मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन्।
गम्काईकन गौतमी चमचमी चम्किन् त्यहाँ बालिका ॥
पारी शीतल शान्त चित्त उनको भन्थिन कथा स्वर्गको।
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
(५२)

तोतो बोली बालको यो छ सारा।
गुन्गुन् गर्ने काव्य सङ्घेतद्वारा ॥।
खेलै होला खालि सौजन्यलाई ।
व्यय्या, धव्या" स्नेहको "हाइ हाइ !"
(५३)