Jump to content

Page:Shakuntala.pdf/82

From Nepali Proofreaders
Revision as of 01:20, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "(सग्घरा) नाच्दी कुही उज्याली चपल मधुर छन्‌ बोल तोते तरङ्गी । बढ्थिन्‌ ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी॥ सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उम्गी । रङ्गी रङ्गी अनेकौ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(सग्घरा) नाच्दी कुही उज्याली चपल मधुर छन्‌ बोल तोते तरङ्गी ।

बढ्थिन्‌ ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी॥ सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उम्गी ।

रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन्‌ चित्त-गङ्गी ॥ ५३) ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी। उल्लङ्घी ती कहीले जनकवचन नै जो छ

त्रीडाप्रसङ्गी ॥

इ्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी । रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन्‌ चित्तचङ्गी ॥ ५४) भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।

त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र ॥

जो जो लेखेँ सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र । झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस्‌ भूलभित्र ॥ ५५)

[1