त्यस्ती जुहार घरमा हँसिली हुनाले । टूनासमान छविदार गयो अँधेरी ॥ दारिद्वय नै घन भयो र कुनेर हाँसे ।
लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥ (४०) ती गौतमी पनि बनी जननी तिनैकी । शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥ मीठा प्रभावहरुका अब आज पाई । छन् मस्त, गीत रसिला उसमा सुनाई ॥ (४१)
मारेर सुस्त ठुँग् मस्त हुँदी ठिटीका । मुद्रा मुनासरि सुकोमल केशमाथि ॥ ती बाललाइ पृथिवी जननी बनेर ।
बूढी नुटुक्कसँग फूल बनाइलिन्थिन् ॥ (र)
राम्रा कथाहरु सुनी क्रषि कण्वबाट । राम्रो लिएर शिशुचाल रमाइलोले ॥ ती कल्पनासरि भइन् रसिली सजीव ।
देखेर झल्ल सब जो आ्राषि थोर देख्थे ॥ (४२) यौटा थियो घरबिषे मृग सानु बच्चा ।
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥ बढ्दै गएर दुइ साथ बसेर वार्ता । गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥
(४४) तारा विभातहरुका सरि एकली भै।
एकान्तमा मृदुमुखी पनि हाँसिदिन्थिन् ॥ यौटा प्रभा सुनहला तब विश्वमित्र ।
स्वप्नासमान नव जागृत बन्न जान्ध्यो॥ (४५)