देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी ।
श्रीकृष्ण छन् ञ्रषि कुनैकन पातमाथि ॥
चिल्लो हरा मृदुलता नव पालुवाको । पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥ यो कोपिलाकन
(३२४)
सुगन्ध दिने जरामा ।
हो स्वर्ग, हैन जलरश्मि यहाँ घरामा ॥
त्यो शब्दको मधुर तान थियो चरामा ।
तोते मिठास अझ छैन कि स्वर्गमा नै ॥ (३५) यो काँचको घर न हो बहुरत्न-छाना ।
छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥ प्रत्येक रश्मि रविको पनि हुन्छ झल्ल । त्यो कल्पना अझ छ रङ्ग दिने झलल्ल ॥
(३६)
के फू हुन् र कविजी जग-सिर्जनाका । आदर्शरूप दिलका मृदु गुह्यवाला
मेरा निमित्त शिशु नै सब फूललाई।
?
जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥ (३७) ती अप्सरा र नृपकी दुइ-अंशवाली । पृष्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥
आनन्दलाइ क्रषिको तपको गिज्याई ।
आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥ (३०)
दाढी सफा सकल ज्ञान छुने हिलाई । “नानी" भनेर जब कण्व पुकार गर्थे ॥
नानी दुवै चमकले दुइ स्वर्गतुल्य । हेर्थे मनोहर
बनी क्रषिमा (३९)
प्रफुल्ल ॥