“प्यारी गोबर गौतमी छ चुनरी बूढयाइँको भूषण ।
खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छौ सुखी चाउरी ॥ फुल्छन् काँस बनेर केश हिउँदै पर्दा तुषारे रंग । टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ? (४१)
चोखै बन्छ हिमालको हिउँ झरी छाती भरी सुन्दरी ।
यो आँखा दुइका सुधांशु छवि झै छौ झोपडीमै तिमी ॥
बूढो प्रेम बढी बसी नजरमा गर्दै तुषारस्तुति । लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ? (४२)
पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहीँ पातला ।
उड्छचौँ पड्ख लिई विचारहरुमा तन्द्राहरूमा झुकी ॥
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्ने अझै आँखिभौं ।
हामी प्रेम अरू परीसँग कहाँ पाउँ र के गर्दछौँ ?”
(४३) यस्ता बात सुनी तिनी हँसमुखी गाली दिँदी दृष्टिले । “पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने” भनी ॥
“आउ छदचानु यहाँ, क्छै ! कति बछचौ एकान्तमा एकली”
भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् धुँगा फूलकी ॥
(४४)
“कस्तो सुन्दरता बिशछ्ट्ट रसिली हाँस्दी नयाँ कोपिला । लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥ बोल्दो लोचनले गुँगूँ गुँगँ गरी कल्लोल झैँ गुन्गुने । आधा शब्द लुकेर अर्ढ बुझिने वाक् बोल्दछिन् फूल झैं ॥
(४५)
बस्दामा वनमा महाविजनमा माता पिता दूर भै। तर्स्यौ क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ॥ मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी ।
झअप्नाएँ मृदुलाधरा
001
वदनले हाँसेर (४६)
स्वीकार
द्यौ ॥”