Jump to content

Page:Shakuntala.pdf/65

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "चन्द्रमा टिप्नको चाहमा बाहुली । प्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥ मालिनीतीरका केलिकौतूहला छालका शब्दले । बालिका ५) बन्दधिन्‌ ॥ तारका झल्किँदो फूलमा नीरको । चम्किँदा चक्ष...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

चन्द्रमा टिप्नको चाहमा बाहुली ।

प्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥

मालिनीतीरका

केलिकौतूहला

छालका शब्दले ।

बालिका ५)

बन्दधिन्‌ ॥

तारका झल्किँदो फूलमा नीरको ।

चम्किँदा चक्षुका चारु चम्काइले ॥

चञ्चले चालले' सुन्दरी: बालिका ।

हेर्दथिन्‌ स्वर्गका मेनकाका सखी ॥ (६) वायुले झस्किँदा स्नायु ती पातका । दिव्य आनन्दका स्वप्नमा सुत्दथिन्‌ ॥

पुष्पको कोपिलातुल्यआव जुन । चक्षु ती चुम्दथ्यो

सफा ॥

(७)

वायुमा वन्य ती वासले बेलिँदा ।

पालुवामा

हुने

हिल्नको

प्रेरणा ॥

केलि आनन्दको त्यो हवेलीविषे । नालका चालमा तालमा ल्याउँघ्यो ॥ (८)

एक लाली चढ्यो पश्चिमी फेरमा । सान्ध्य आकाशको पक्षमाला घरी ॥

फेरि त्यो फिर्दथ्यो पूर्वको गण्डमा । दिव्य सङ्घारमा स्वर्गको उघिँदो ॥ (९)

हुस्सु झै पातको चारु पोल्टो भरी ।

तारकाका लिई दिव्य दानाहरू ॥ मिर्मिरे पस्दछिन्‌ द्वार कर्के गरी ।

'शैलका श्रृङ्गमा स्वर्णका स्वर्गको ॥ 4१०)