Jump to content

Page:Shakuntala.pdf/63

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "ओँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन्‌ सुधा तन्तनी । साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥ बोल्थे भ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी । जो बोल्छन्‌ शिशु छालले ज...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ओँखा

भर्दछ चाँदनी हृदयले प्यूँथिन्‌ सुधा तन्तनी ।

साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥

बोल्थे भ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी ।

जो बोल्छन्‌ शिशु छालले जलधिको माधुर्य झै फन्फनी ॥ (४१)

राम्रा हास्य टिपी सिँगार तिनका राम्री छ वन्यस्थली ।

सिक्छन्‌ भाव टिपेर उड्न सहजै साना चरा चञ्चली ॥

हेरी घुँघर रङ्ग घुम्रिन सिकी जो पल्लवी माधुरी । हाम्रो यो अनुमान हुन्छ सबको

(र)

हो सूत एकै धर ॥

'शायद्‌ पल्लव जन्मिए सब जहाँ ती बालका ओठ छन्‌ ।

'शायद्‌ जून झझल्किए पनि जहाँ ती नेत्रका ज्योति छन्‌ ॥ शायद्‌ विष्टप जन्मिए पनि जहाँ राम्रा उठे भावना । एकै चीज छ भित्र बाहिर जगत्‌ भन्ने छ सम्भावना ॥

(४२)

हाम्रो शैशव मानवी प्रकृतिको हृत्‌केन्द्रमा जन्मियो ।

एकै पोषणले भयो मधुर यो, ती भावले भझुम्मियो ॥

पाई स्पर्श बजे चरा, गिरि नदी त्यस्तै त्यहाँ छोड्यो । एकै नै महिमा मिलेर सबले दूधालुको दोहियो ॥

(४४)

यौटै चित्‌ छ समस्त रश्मि रँगिँदो त्यो रङ्ग होरी हुँदो ।

बल्दो धप्प छँदो शशी, रवि कहीँ खोला बनी भनङ्गिँदो ॥

झल्की दीप्ति झलक्क झल्किइदिँदो त्यस्सै मिही मुस्किँदो ।

फुल्दो फूल बनी रहस्य भवको खोली मिही फुस्किँदो ॥ (४५)

छाडूँ क्यार ! बयान आज शिशुको लामो छ ढाक्ला जगत्‌ । झल्ला झल्ल खुलाउने अलि यसो कामै छ मेरो फगत्‌ ॥ ती सानी वनकी सुचारु दुहिता त्यो कुञ्जमा शीतल । बढ्छिन्‌ कोमल मोहनी शिशु लिँदी आनन्द शाकुन्तल ॥

(४६) पा