Jump to content

Page:Shakuntala.pdf/60

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने । त्यस्तो बालमिठासको अमृतमा छन्‌ सिंह भोकाउने ॥ छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि । देख्छन्‌ शैशवको अहिंस्रकपनाको स्वर्गको मोहि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने ।

त्यस्तो बालमिठासको अमृतमा छन्‌ सिंह भोकाउने ॥ छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि ।

देख्छन्‌ शैशवको

अहिंस्रकपनाको

स्वर्गको

मोहिनी ॥

(र३)

एकै केन्द्र छ ऐशभित्र दिलमा सारा त्यहाँ भाइ छन्‌ ।

हिंसा नै तमको विकार बुझिने छन्‌ दिव्य क्या सूचना ॥ आत्मा हेर, विभिन्न रूपहरुमा ती फूलमा जन्तुमा । एकै ऐक्य सहानुभौतिक

गुँथे क्या प्रेमका तन्तुमा ॥

(२४)

भाषा एकछ प्रेम शब्द रसिलो जो भित्रका भावमा । सुन्छन्‌ बुभन समर्थ छन्‌ शिर रू यो प्राकृतोद्यानमा ॥ जे बोल्ने मन गर्दछन्‌ कुसुमले लिँदो ओठले ।

सो टिप्दै मुखरी छ मानव-चरो त्यो शैशवी खोजले ॥ (२५)

यत्रो विश्व बनाउने छ करुणाको दिव्य तस्वीर झैँ ।

आनन्दै दिन जीवमा गगनमा तारा भन्यो भझिल्मिली ॥ सोही कँद्छ मुना, छिनो छ मसिनो कुँद्ने जगन्माधुरी । खाना दिव्य खुवासलिन्‌ प्रकृतिले नानी परी सुन्दरी ॥

(२६)

यो शिक्षालय हो सबै कुसुम छन्‌ रङ्गीन अध्यापक ।

पानी दिव्य खुलेर अक्षर सफा छन्‌ रोज नै पाठ यी॥

खुल्दो प्रेम समष्टिसार रसिलो साफल्य हो पाठको ।

हामी नित्य परीक्षित प्रकृतिमा छौं प्रश्नले आठको ॥ (२७)

आत्मा मानव चुस्छ ओठ कलिलायी पुष्पका सुन्दर । ताराबाट झभल्किँदो छ महिमा जो बन्छ विश्वम्भर ॥

गर्छन्‌ खुस्खुस कानमा अनिलले सन्देशको चारुता ।

पन्छी गर्छ क्रा त्यही अ्षिहरू जो खोज्न छन्‌ बेपता ॥ (रद)