Jump to content

Page:Shakuntala.pdf/37

From Nepali Proofreaders
Revision as of 00:28, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

अन लता, तर औ तृण,- पात नैं । मधुर दोलन ताल दिने भए ॥ गगनमा छवि लाल सबैतिर । मदनकी मदिरा रँगिली बनी ॥ (७२) अब दिवाकर राज्य अनङ्गको । झलल पार्न गई जलमा डुबे ॥ कमलिनी उरमा भैँवरो धरी । नयन चिम्लिननिम्ति तयार छ॥ (७२) हरर मग्मग बासहरू चले । मृदु समुच्छूवसित प्रणया$$सव ॥ मधुर भै दिनको प्रखर प्रभा । तरु गलासँग बद्ध छ कामिनी ॥ (७४) किसलयी अबला कुचकोमला ! मधुर पर्न ढिटी पिकको गला ॥ 'शरमलाल उरोरुह छेक्दथी । अब फुकी अगगुण्ठन फ्याँक्दछे ॥ (७५) सुरभिका शरले उर भेदिने । विविध रङ्ग दिईकन भावमा ॥ रति-मनोरमको रजनी सफा । अन छ शासन हेर सुवासको ॥ (७६ मधुर काम जगाउन गाउँथिन्‌ । नरम नर्तनमा मृदुकामना ॥ कुसुमतुल्य हुने रेँगमा झरी । शावल भै मनका मृदु बागमा ॥ (७७)