Jump to content

Page:Shakuntala.pdf/31

From Nepali Proofreaders
Revision as of 00:25, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

सुखद दृश्य मनोहर देखियो । घर, पुरी, वन, शैल, नदीभरी ॥ सकल सूक्ष्म सुरूप लिने गरी । अलि अलौकिक नव्य छ माधुरी ॥ (३९) गिरि ब्ने.गज झैं वन रोम झै। बाजुर हैम शिवालयमन्दिर ॥ सकल छन्‌ पुतली शिशुको सरि । सलिलका पथ छन्‌ मृदुरेखित ॥ (४०) शहर छन्‌ सब अल्प मनोहर । मधुपका घर झैं बहुखण्डका ॥ सडकका पनि सूत्र विचित्रका । अवनिका पटमा तनु तानिने ॥ (४१) वन छ मिर्मिर दूर भईकन । सब छ अल्प मोहनी ॥ अनि कतै कुइरो क्ष र्म छ। सब नताउन सक्तिन लेखनी ॥ (र) अवनिका सुखको 'मृदु मोहनी । सकल सुन्दरको लव गोल भैं॥ रजतरात्रि प्रभा सुघनीकृता । कुसुममाथि हिमाम्बु बनी झन्यो ॥ (४३) कुसुमलोल समीरणले गरी । मधुर प्रेरण सत्त्वर फर्किई ॥ विटपमा परिवेष्टित वल्लरी । वदन हेर्न मनोहर कर्किई ॥ (४४)