Jump to content

Page:Shakuntala.pdf/29

From Nepali Proofreaders
Revision as of 00:24, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

“तल झर्छ कि” भनेर दिनान्तमा । सुरपुरी रहने 'छवि' साँझको ॥ कनकपड्ख ढलक्क गरीकन । अधरलाल मुसुक्क जसो गरी ॥ शिखर भील रँगाउन हेर्दछन्‌ । अन त्यसै उनले पनि गर्दछन्‌ ॥ (रद) तल झर्छ कि भनेर त्यहाँ तिनी । लघुतनी हलुकासँगः ओर्लिइन्‌ ॥ कुसुम त्यै मनले मलया$निल- चपतमा धरणीतिर भर्दछन्‌ ॥ (२९) 'शबल पड्खहरू तरुमा अडी । तल सफा जल प्यूँन मसक्क भै॥ प्रथम फर्फरले अघि हत्तिई । उर अगाडि दिई अलि ककिँदै ॥ (३०) जुन प्रयत्न गरीकन दृष्टिको । मधुर पात गरी तल हेर्दछन्‌ ॥ सदृशता त्यसको उनमा थियो । जब तिनी पृथिवीतिर फर्किइन्‌ ॥ (३१) बह्दुत दूर हुँदा चिडिया थिइन्‌ । जलद उज्ज्वलका चयबीचमा ॥ अब बनिन्‌ सुमुखी तल ओर्लिंदी । कवि घनीकृत झैं सुषमा कुनै ॥ (३र) हृदयव्योमसुवर्णविहारिणी । मधुरमादकपड्खप्रसारिणी ॥ विहग-आवलिले कलभाषिणी । अनुपमा सपनासरि छन्‌ तिनी ॥ (३३)