Jump to content

Page:Shakuntala.pdf/25

From Nepali Proofreaders
Revision as of 00:22, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

पृथिवी सुनले सब छाइदिँदा । सुरका पुरको सुन कान्ति हुँदा ॥ सुरलोक भनीकन देवपरी, छकिईकन आउँदछन्‌ कि झरी ? (५) दिनको सपना रचना रसिलो । अनपुग्छ चढी सुनको शिखर ॥ रविले कवि झैं छवि छाइदिँदा । अब धप्प भयो सुनको शहर ॥ (६) मत हेर्छु आज रही तटमा । वनमा जलको सुन-छल्छलमा ॥ दरबार बनाउँछ कल्कलले । 'घनका प्रतिबिम्बित टल्पलमा ॥ (७) सुन झन्‌झन छन्‌छन शब्द भरी । घुँघुरा जलका श्रुतिरञ्जन छन्‌ ॥ अलि-गुञ्जन झैं जल-भञ्जन ती । सुन मञ्जुल शब्द सुनाउँदछन्‌ ॥ (द) लहरी कति भयाउ किनार छुँदै । झलमल्ल झरीकन छर्बीरेँदै ॥ हरिया भुइँमा बहुरत्न लडी । लयदार बने झलमल्ल गुडी ॥ (९) हरियो वनमा नव बैंस हु नव पल्लवका अधरा$सवले ॥ मदमत्त छ कोकिल काल बुझी । वनबीच वसन्त र स्वर्ग सुझी ॥ (१०)