Jump to content

Page:Shakuntala.pdf/37

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "अन लता, तर औ तृण,- पात नैं । मधुर दोलन ताल दिने भए ॥ गगनमा छवि लाल सबैतिर । मदनकी मदिरा रँगिली बनी ॥ (७२) अब दिवाकर राज्य अनङ्गको । झलल पार्न गई जलमा डुबे ॥ कमलिनी उरमा भैँवरो धरी । नयन चिम...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

अन लता, तर औ तृण,- पात नैं । मधुर दोलन ताल दिने भए ॥

गगनमा छवि लाल सबैतिर । मदनकी मदिरा रँगिली बनी ॥ (७२) अब दिवाकर राज्य अनङ्गको । झलल पार्न गई जलमा डुबे ॥ कमलिनी उरमा भैँवरो धरी ।

नयन चिम्लिननिम्ति तयार छ॥ (७२)

हरर मग्मग बासहरू चले ।

मृदु समुच्छूवसित प्रणया$$सव ॥

मधुर भै दिनको प्रखर प्रभा ।

तरु गलासँग बद्ध छ कामिनी ॥ (७४)

किसलयी अबला कुचकोमला ! मधुर पर्न ढिटी पिकको गला ॥ 'शरमलाल उरोरुह छेक्दथी । अब फुकी अगगुण्ठन फ्याँक्दछे ॥

(७५)

सुरभिका शरले उर भेदिने ।

विविध रङ्ग दिईकन भावमा ॥

रति-मनोरमको रजनी सफा । अन छ शासन हेर सुवासको ॥

(७६

मधुर काम जगाउन गाउँथिन्‌ । नरम नर्तनमा मृदुकामना ॥ कुसुमतुल्य हुने रेँगमा झरी ।

शावल भै मनका मृदु बागमा ॥ (७७)

बरै