Jump to content

Page:Shakuntala.pdf/35

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "प्रथम पुष्प प्रकाशक पद्मको । उर छुने उनको बुझ उच्चता ॥ तदपि अल्पवयस्क छ त्यो रस । अमर-षोडश-बैंस-मदालस ॥ (६२) पयरं ती चतुरा छमछम्‌ चले । लहरमा सम दीकन चञ्चले ॥ विगहका सब मूक गला खुले ।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

प्रथम पुष्प प्रकाशक पद्मको ।

उर छुने उनको बुझ उच्चता ॥

तदपि अल्पवयस्क छ त्यो रस ।

अमर-षोडश-बैंस-मदालस ॥

(६२) पयरं ती चतुरा छमछम्‌ चले ।

लहरमा सम दीकन चञ्चले ॥

विगहका सब मूक गला खुले । अधर फर्फर भै त्राषिका चले ॥ (६३)

मधुर कम्बरमा कर कोमल ।

कुसुमतुल्य दिईकन लच्किँदै ॥

चपल चाँप सजीकन नर्तन । लिन तयार भइन्‌ मृदुलाधरा ॥ (६४)

यदि यथार्थ खुलासित लेखियोस्‌ । तब बयान हुँदा अनी धनी ॥ अवनितर्फ कुबेर ॥

“म छ गरीब” भनीकन धाउँथे ॥

(६५)

धवल जाँघ थिए कदलीदल ।

रहरका रसिला अलि पेशल ॥

मधुर मसृण मादकता भरी ।

दुद हिले हलुका हँसिला खुली ॥ (६६) पयर छम्छम 'चन्छ कला-लघुम उपमा कुन चीजविषे लगूँ ? मददनका वनमा गुनकेसरी ।

पहिरिने कि त काश्मिरमा परी-

तिर कुनै तुलनापदमा पुगूँ ? (६७)