Jump to content

Page:Shakuntala.pdf/25

From Nepali Proofreaders
Revision as of 21:34, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "पृथिवी सुनले सब छाइदिँदा । सुरका पुरको सुन कान्ति हुँदा ॥ सुरलोक भनीकन देवपरी, छकिईकन आउँदछन्‌ कि झरी ? (५) दिनको सपना रचना रसिलो । अन पुग्छ चढी सुनको शिखर ॥ रविले कवि झैं छवि छाइदिँद...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पृथिवी सुनले सब छाइदिँदा । सुरका पुरको सुन कान्ति हुँदा ॥

सुरलोक भनीकन देवपरी, छकिईकन आउँदछन्‌ कि झरी ?

(५) दिनको सपना रचना रसिलो ।

अन पुग्छ चढी सुनको शिखर ॥

रविले कवि झैं छवि छाइदिँदा ।

अब धप्प भयो सुनको शहर ॥

(६) मत हेर्छु आज रही तटमा । वनमा जलको

दरबार बनाउँछ

सुन-छल्छलमा ॥

कल्कलले ।

'घनका प्रतिबिम्बित टल्पलमा ॥ (७)

सुन झन्‌झन छन्‌छन शब्द भरी ।

घुँघुरा जलका श्रुतिरञ्जन छन्‌ ॥ अलि-गुञ्जन झैं जल-भञ्जन ती । सुन मञ्जुल शब्द सुनाउँदछन्‌ ॥

(द)

लहरी कति भयाउ किनार छुँदै । झलमल्ल

झरीकन

छर्बीरेँदै ॥

हरिया भुइँमा बहुरत्न लडी । लयदार बने झलमल्ल गुडी ॥ (९)

हरियो वनमा नव बैंस हु नव पल्लवका अधरा$सवले

मदमत्त छ कोकिल काल बुझी । वनबीच वसन्त र स्वर्ग सुझी ॥ (१०)