Jump to content

Page:Shakuntala.pdf/23

From Nepali Proofreaders
Revision as of 22:42, 16 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ? महामायाद्वारा विचलित बनाईकन यसो॥ बडा बज्री जस्ता पनि कपट ली कातर भए । बडा दौता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥ (४७) बज्जीले यो प्रबल तपको तापहरण । , तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥ ननाघी स्वगैंको झिलिमिलि जगत्‌को जितिलिने । परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥ (४८) मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला । दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥ तर हरि ! कविता यो कालिमाले छ काली । यससँग दिन बित्छन्‌ खानुपर्ने छ गाली ॥ (४९)