कालिदास भाजसम्म पुरानो र वाङ्नो भएका छैनन् र नवीनयुगी प्रसिद्धिकामुकरहरूले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न,
त्यसै गरी हामी लेखनाथ बुद्धिमान्को विवेकमा पुरानो र बाङ्नो भएको
कहिल्यै देखिन्नन् भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन ।
सचेत कारीगरे।को अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं,
तर त्यहँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई
भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात
देख्ने सङ्कुचित नजर हन्छन् । आधुनिकता आजकलको पना हो भने हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौ । संस्कृतलाई नफरत गरेर हामी आढच हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता
छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरू जड्नु दोष होइन यदि तिनीहरू मधुर र प्राकृत हुन् ! खालि आढच कल्पनाको गङ्रेत माव तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तीतोपनाको मक्त हुन सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनं । कबिता बो्चालको भाषामा हुनुपर्छ भन्ने क्रामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी
बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र आखिरी फै पला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे पनि कविक भावहरू बाटुला हुँदै, बन्दै, कँदिदै निक्लनुमा उस्तो दोष
देखिँदैन जतिको जङ्गलीपनाको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन
हुँदैन । सौन्दर्यका सृक्ष्म चेतहरूले सिर्जनालाई सोद्दै निकाल्दैनन् । भावको
तेकाबट हा“) त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ । शव्दलालित्यको लोलुपताको विषपमा हाम्रो रायमा सुन्दर भावहरूले
तदविषवी तद्रेखी शाब्दहरूसित झुकाव लिने हनाले शायद भावकै दोष
हो कि ? तब अवगुणहरू छेनन, भन्न बिलकुल हामी सक्तैनौं। नत
हामी स्तुति मात्र लेखिरहछौँ । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी लेखनाथ पौडयाललाई नेपालका आधनिक अद्ितीय महाकवि र महापुरुषका रूपमा देख्तछौँ । १५६/लक्ष्मी निबन्ध-संग्रह