This page has not been proofread
स्वर्णपदक पाएर अविदितको विश्वविद्यालयमा दोस्रो कहिल्यै भएनन् रे !
ज्यादा विशेषताका अधिकार राख्नेलाई हामी प्राकृत डाहाडको साथसाथै उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो गर्धन, ढ्वाँगे भुँडी, घनटाउको र गोफ्ले गाला भएको कालो जन्तु मानव-संसारमा हामी
पाउँछौं-त्यसलाई हामी कुम्भकर्ण भन्ने नामकरण गर्दछौं । ज्यादा सुत्नु र मोटाउनु एउटा अनौठाको चीज जस्तो हाम्रो दुब्लो कल्पनामा लाग्दछ,
मानौं मानिस निद्रामा बोसो हाल्दछन् ! 'कति कुम्भकर्ण जस्तो सुतिरहेको ?'
भन्ने हाम्रा संरक्षकहरूको गाली सधैँ हामीलाई घच्घच्याइरहेकै हुन्छ । कुम्भकर्णकी स्वास्नी कस्ती थिइन् भन्ने अर्को अनुमान नदेख्नेलाई
हुनजान्छ । हाम्रो व्यावहारिक कम्भकर्ण मूर्ति-निर्माण सत्यको समीप
भएदेखिन् लक्वामा उनलाई कति खिसी हुँदो हो ।
१२६/लक्ष्मी निबन्ध-संग्रह