Jump to content

Page:Shakuntala.pdf/14

From Nepali Proofreaders
Revision as of 01:11, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> जल चञ्चल कल्कलाउँदी वन फुल्दो तटमा सुहाउँदो । मुदु मर्मरका मिठासमा सपनातुल्य कथा छ बासमा ॥ सुरलोक नटी झिनी कटी सपना नै बिपना बनी फुटी । वनबीच वसन्तकामिनी सरि नाच्छन् लघु पङ्खग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जल चञ्चल कल्कलाउँदी
वन फुल्दो तटमा सुहाउँदो ।
मुदु मर्मरका मिठासमा
सपनातुल्य कथा छ बासमा ॥

सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी
सरि नाच्छन् लघु पङ्खगामिनी ॥

म त जान्छु हिँडेँ सखे अब
किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
कविका काननमा सुधासव ॥

हडबडसित लेखेँ छैन उस्तो मिठास ।
गडबड कति पर्छन् मर्दछन् भित्र आस ॥
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥