Jump to content

Page:Ek chihan.pdf/97

From Nepali Proofreaders
Revision as of 16:01, 23 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।

बल्ल शिव नारानको रिस मर्‍यो र ओसारमा पसे । रिस शान्त भइ सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !"

भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए ।