Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/62

From Nepali Proofreaders
Revision as of 16:46, 21 June 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

(२४)
कविता–
व्यासजिका लेख जति हेरी हेरी सफा गराइ मति ।
पाएछौ खुप सार, भँडुवा ग्रामीण शृङ्गार ॥

(२५)
कवि–
हितकारी जो छ खडा गर्नु उसैका समीपमा झगडा ।
अनि सब होला जाती सिँगारियौली भलीभाँती ॥

(२६)
कविता–
जसले लेखनशैली बिगारनाले भएँ बडी मैली ।
उही मेरो हितकारी !! धन्य महात्मा दयाधारी !!

(२७)
कवि–
झिकिकन संस्कृत-नेल, गराइ भाषाविषे ठुलो मेल ।
खेलाएँ जसलाई शत्रु उसैको भएँ अरे हाइ !!!

(२८)
कविता–
झिकिकन संस्कृत-सारी मर्यादा अङ्गको मारी ।
ननचाए उदर-दरी भरीभराऊ हुने कसरी ॥