महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमियस महाकाव्य नेपाली पाठकहरूको समक्ष प्रस्तुत छ ।
स्वदेशबाहिरका विषयवस्तुलाई नेपालीमा अँगालेर नेपाली कविहरूले विश्वका ती गरिमापूर्ण वा आश्चर्यजनक व्यक्तित्व र विषयहरूलाई निजी दृष्टि दिई अन्ताराष्ट्रिय भाव-प॒वाहको मानवीय स्वीकृतिस्वरूप गहण गर्ने प्रचलन आधुनिकताको बिकाससँगसँगै नेपालीमा पनि देखा प-यो । प्रमिथस त्यसै सन्दर्भको एक विश्वप्रसिद्ध युनानी मिथ हो- 'अगिनगर्भटाइटन् देवता' । मानवजातिको लाभका लागि यिनले अगिन चोरेका थिए । नेपाली साहित्यमा अन्ताराष्ट्रिय बस्तुको रूपमा अंगीकार गरेर प्रमिथयसलाई देवकोटाले आफ्नो महाकाव्यको विशिष्ट पात्र बनाए ।
कविकै हस्ताक्षरमा प्राप्त भएको प्रमिस महाकाव्यको पाण्डुलिपि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा सुरक्षित छ । प्रमियत्तको प्रथम सर्गको प्रारम्भिक अंश प्रगति[1] मा क्रमश: प्रकाशित भइत्तकेको छ । प्रज्ञा-प्रतिष्ठानमा प्राप्त भएको मूलकापी र प्रगतिमा प्रकाशित भएको अंशको पाठमा भावसाम्य भए पनि शिल्पगत दृष्टिले हेर्दा धेरै फरक देखिन्छ । प्रस्तुत महाकाव्यको त्यही अंश प्रगविमा छापिएको अंशको संशोधित, परिमार्जित रूप हो भन्ने लाग्छ । बिज्ञ पाठकहरूको तुलनात्मक अध्ययनको लागि उपयोगी हुने हुनाले प्रगतिमा प्रकाशित भइसकेको सो प्रारम्भिक अंश पनि जस्ताको तस्तै परिशिष्टमा दिएका छौँ ।
यहाँ भएको प्रमिथसको पाण्डुलिपिका मूलकापीहरू जम्मा ५ थान छन् र ११ सर्ग । दोसो मूलकापीमा चतुर्थ सर्गको १४ औँ श्लोकदेखि मात्र भेटिएको छ । स्टिचिंग गरिएको जिल्ला हेर्दा त्यसभन्दा माथिका पत्र हराएकोले शुरूका श्लोकहरू नभएको बुझिन्छ । यस्तै 'षष्ठ तर्ग' को ११ औँ श्लोक लेखिएको चौथो कापीको जिल्ला पनि
- ↑ वर्ष १, अंक २ देखि ५ सम्म