अफृतक अविदित, आज चार मरर्तिहरू
गोचर हुन्छन् महाविजनमा भयंकर !
एक छन् प्रमिथस टाइटान् महावीर !
उच्च तलाट छ उनको, अलिकति बदलीमा
ओजदार् तर ओझेलदार॒ ! अग्ला छन् अरूभन्दा
बलका प्रबल एक अकेला धरहरासरि !
अविजेय मुहारका प्रमिथस, टाइटान् प्रमिथस !
जजीरहछूले जकडी अंग-अंग आज बनेका
गह्ँगा पदपदमा, जिउस क्र्रका कैदी !
हतकडीले, त्यो देशभक्तको जो हो जुंगार,
तेजी बाहुको अवरोध, ती छन् सम्बद्ध !
बादल भूराले जिस्क्याइएका ग्रीष्म दिवाकर-
सदश प्रतापवदन तिनी अनकटारमा
श्यामल शास्यमा चल्छन् मूक, अविचलित !
महापुरुषकैँ जीवनको प्रतीक्षित खतरामा !
(५)
क्राटोस महाबलदेवका बाहले ख्रसा
छरिएका ती प्रमिथस चल्दछन् वनमा,
जस्तो कुनै महाप्रतापी नृपति, कुनै युगको,
पतित अन्तमा दृष्टका दुश्मनी जालले,
धसिंगर विपक्षी सिपाहीहरूका हातमा
धकेलिन्छ बेइज्जतीसाथ कैदखानातिर;
उ चल्दछ महाओज, देवतासदशं घमंडी,
नूर नगिराई आफ्नो निन्दागुक्त नजर,
तल्लो ओठ गर्वी हुकमको अलि लेप्रधाई;
भयविजयी, मत्यसामना गर्न तयार,
जब आफूले हप्काइएका क्षुद्व जीवहरू,
कोही हँदै, कोही खिज्याई, पछि लारदछन्
जेलखानाको खडखडा ढुंगै पथमा,
जसका खडखडले पांग्राहरू बग्गीका
थरथर गर्दा क हप्काउँध्यो बग्गी-सवार ।
त्यसरी चले प्रमिथयस विषम पथमा वनको,
सब कंटकाकीर्ण; जहाँ तपतप शीतदार
दलहरू रुन्थे, तथा हाँस्दथै सून ।
(६)
दिव्य कालीगढ हेफिस्टस, अनलदेव,
Page:Prometheus.pdf/79
Appearance
This page has not been proofread
