थोप्ले चितुवाको ढुकनीले । पछुताउ बेकार
काँचका लोचन ली पस्नैली जालीदार, निर्जीव ।
यो रणथल हो । यौ संग्राम भूमि । यो अख्राडा ।
यो होइन हरियो मरुयलको सुस्ती -शय्या,
यो पृथिवी । रणको दिबस उदय, रणको अन्त !
लोहित संसारको आदिकाल, अरुण अस्त,
(१८)
"सड्दो मलको कोरादार भवनमा खडा
हेर्, यो हरिको बिएवा जलघुवा, शिशु,
जरा-नंग्रा बटारी डरसँग प॒थिवी पक्रँदो
प्रभंजनले भयभीत । यसको स्थादर प्राण
चौस्, चौस् जप्दछ । अमत घामका लागि,
विकासशील उपरैतिर फैली । सब दिशा
मरकत । मुकुल-कोमल शिशु सुकर
फैलाई जीबनेच्छु यो माग्दछ अमृत -हाना,
घाम, घाम, हावा । तर प्रतिदिवस नहल्ली,
च्युतित्रस्त यो, बायु व्यायाममा बढ्ला ! ?
बढ्ला के संगठित तन्, लौह मशल बन्न ! ?
आँधीका पथमा छ कीलित यो जीवन,
अमृत भाबी, मृत्युछाय गगनमनि, प्यासी,
करुण देवका आँसुहरूको । तर यसलाई
चाहिन्छ गति, चाहिन्छ संचालन प्रतिदिन,
यसनिमित्त कि यो बढोस् कुलिश-काय
हाँकी शतवर्षको स्वरूप, शत सेता दाद्ठा
तीब्र, तीव्र छन् जसका । मानवहो, कर्म्म गर,
(१९)
"सुरेन्द्र स्वर्गका, मानव-असहन लाल छन्,
क्षितिजमा आगन्तुक आँधीको आँखासद्श ।
थ्यौस् जसबाट उनले लिए नाम जिउस,
जो उनको सिंहासन, आज छ प्रकृपित
फंग्ाका इंगितमा, तिमीहरूउपर कूर्लन्छन्,
क्रद्ध जन तक पतिको लाल धंकीले वस्त,
गिरिगह्वर, क्षमा-प्रार्थक उनसँग डरले
गर्गरिन्छन् पहरो गएफेँ...दूर, दूरतक
श्रव्य यहाँ, तर क्रोधीसँग अन्धौ, क्रोधी बन ।
हाँकलाई हाँक हाँकले, डाँकलाई डाँकले ।
Page:Prometheus.pdf/60
Appearance
This page has not been proofread
