This page has not been proofread
दशम सर्ग
गुणसुवर्णका आढध आकर ।
चहकदार छन् नृपतिका बर ॥
यश फिँजाउँदा विश्व नै भर।
उदय स्वर्णका कान्तिसुन्दर ॥
न छ कसी कुनै राख्न त्यो दर ।
लेखनी त्यसै बन्छ कातर ॥
(१)
समरसिंह ती उच्च शासन ।
गुण पहाडका कीर्ति-कानन ॥
ब्रीच वल्लरीका ध्वजा फुली ।
फर्फराउँदो राज्यमा दडुली॥
गौरवी बनी उत्तमोत्तम ।
नृप नृसिंह छन् ती प्रजाकन ॥
(२)
तिमिर रूपको जात्रु नाशिने ।
शार समानका रशिम फैलिने ॥
पूर्व सानुमा छन् दिवाकर ।
तिमिर शत्रु ती स्वर्ण सुन्दर ॥
दश दिशा तिनी हाँक्दछन् रथ ।
कनक-कीर्तिको उच्च ती पथ॥
(३)