Jump to content

Page:Shakuntala.pdf/87

From Nepali Proofreaders
Revision as of 21:27, 26 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने ।
रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥
हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे।
खोलामा पनि बग्छ रे सुन झझलभल्‌ बालुवातुल्य रे ॥
(२३)

रत्नै फन्दछ रे अनेक रँगको सारा बगैँचाभरी ।
छाना नैसुत अरे गजबको !” आँखा यहाँ चम्किए ॥
गर्छिन्‌ शान दुवै समुच्च करले, “आकाशभन्दा पनि ।
ठूलो रे, सुनको बिहानसरिको झल्फझल्‌ उँचा रम्य रे॥”
(२४)

भन्दा चाख लिएर चन्द्रवदनी हेर्छिन्‌ महान्‌ नीरमा ।
त्यो अत्युक्ति चन्द्रनभमा मुस्काउँदा छन्‌ मृदु ॥
हाँसिन्‌ सत्वर सति तत तारङ्ग ती बालको ।
टिप्दै गुन्गुनसाथ "सत्य सब हो” जस्तो गरी जूनमा ॥
(२५)

“बूढा छन्‌ त तिनी ? सफा लहरिँदो दाढी यहाँ लुर्किने ?
हाम्रा कण्वपितासमान वयका सारा कुराका घनी ?
जो सोधे पनि भन्न तत्पर बनी गर्ने तपस्या पनि ?
आँखा बन्द गरी बसेर जगतै देख्ने खुलस्तै पनि ?"
(२६)

" भन्छिन्‌ एक “छ ओठमाथि उनको जूँगा त मुस्लो सखे !
हाम्रो उम्रिदिंदैन क्यार !” यतिले खिल्खिल्‌ बने ती सबै ॥
ती बस्छन्‌ दरबारमा झिलिमिली आनन्दका सारमा ।
रानीलाइ दिई जुहार कतिका हीराहरू हारमा ॥
(२७)

भारी हुन्छ सिँगारका झिलिमिली हीरा सितारा भरी ।
पाई नित्य तयार मिष्ट गठिला नाना परीकार ती ॥
धप्कादार जुहार झल्मल गरी: बस्छन्‌ नचाई परी ।
मीठा तार सितारमा नित गरी झङ्कार लाखौं थरी ॥
(२८)