वक्तव्य
नेपाली महाकाव्य आइसल्याण्डको सर्पजस्तो थियो । मलाई अभाव पूरा गर्ने इच्छा पह्लाएर आएकोले लेखेँ । लेखेँ तीनै महिनामा राति राति बसेर फुर्सदमा । कलम बिजुली झैं दौडयो, तर कति उज्यालो आयो म भन्न सक्तिनँ । समितिको व्याकरणमुताबिक लेख्ने प्रयास गरेकीले ठाउँ-ठाउँमा वैयाकरण- बलिदान दिनुपरेको स्पष्ट देखिएला । पुरानो शैली नै अपनाउन खोजियो- वार्णिक छन्दमा । विस्तार नै यसको गुण र अवगुण होला । के यो नेपालीमा प्रदान ठहरिन सक्छ ? त्यो भविष्यको नजरलाई । अहिले अभावपूर्तिको रूपमा खडा छ । ६०० पेज पुग नपुग, तीन महिनाको फुर्सद-फुर्सदको काम, कति राम्रो भइहाल्यो होला र ? संस्कृत प्रचुर मात्रामा प्रयोग गरेको देखिएला । त्यो म सम्झन्छु यस किसिमका रचनालाई आवश्यकीय। ज्यादा लामो हुनाले 'तीन महिनामा रचना तीन वर्षको पढाइ' भन्ने उखान निक्लेला जस्तो छ । पट्टयार जरूर लाग्ला । पण्डितहरूलाई ठाउँ-ठाउँमा आधुनिकताले तर्साउँछ, ग्रधाजुएटलाई संस्कृतले, साधारण पाठकलाई विचारको र शब्दको क्लिष्ट नवीनताले । म पर्छु बीचको शून्यमा । लोकप्रियता टाढै रहोस्, बुझेर पढिदिने एक हातको औंलामा गन्न पाए काफी छ । दोस्रो संस्करणमा यसलाई राम्रोसँग संशोधन गर्छँला भन्ने आशा गर्छु । अहिले जुटि धेरै होलान् । म सदा समालोचकको त्रासमा रहन्छु । हुन त समालोचकको छेड कतै कृतकत्याउँछ, चिलाउने ठाउँमा कन्याइदिन्छ, कतै लिखा परेको ठाउँमा ठुङ मार्छ, घाउ चिरिदिन्छ, रालसिङान पुछ्दछ । व्याकरणले तर्कल्या-बर्धन्याको दायाँ-बायाँको ठाउँ-ठाउँमा मिलेन भनेर नाक चेप्रचाउने अवकाश कहीं पाउला तर रसिक अर्कै चीजमा रमाउला ।
- कविता कोमलवनिता
- रसयति रसिक रसेन सम्मिलिता
तब धेरै किन ? यो एउटा भगीरघको गङ्गा हो, थाप्लामा बोक्न मुश्किल छ, एक बार यस्तै भयो । पछि अझ राम्रो गरछुँला ।
लक्ष्मीप्रसाद देवकोटा
डिल्लीबजार