उषा उज़्याली घनकेशवाली।
सुवर्णवातायनबीच बत्ती ॥
बाली, जसै "स्वागत अंशुमाली।"
भन्थिन्, हवाभित्र सुगन्ध हाली॥
भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको।"
गुलाफबारीहरुको सुगन्ध ॥
सुँघेर बग्दी सुनमा सुगन्ध ।
(११)
(वसन्ततिलका)
ऐनासमान हलपी जलतुल्य साफ।
निष्पाप शुद्ध दिलमा नभएर ताप ॥
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग।
आनन्दको सुन सुगन्ध लिएर भल्की।
(१२)
नालासमान तिनका पद नृत्य गर्छन् ।
चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई।
फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥।
(१३)
जादूनिकेतनसमान समस्त विश्व।
आनन्दको छ जसको गहिरो रहस्य ॥
जो रूपरङ्गहरुको छ अनन्त टूना।
त्यो बालनिस्ति छ अरू सब दुःख भन्छन् ।
(१४)
जो साधुले भजिरहे युगसम्म लाखों।
जो भाव दुर्गम सधें छ सरस्वतीको ॥
जो भोग्छ ईशपति बाल बनेर आई।
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ ।
(१५)
Page:Shakuntala.pdf/75
Appearance
This page has not been proofread
