Jump to content

Page:Shakuntala.pdf/71

From Nepali Proofreaders
Revision as of 16:18, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"प्यारी गोबर गौतमी छ चुनरी बूढ़चाइँको भूषण ।
खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छचौ सुखी चाउरी ॥
फुल्छन् काँस बनेर केश हिउँदे पर्दा तुषारे रेंग।
टूना या, पतली तिमी यदि घरै बस्ने अरू कोसँग ?
(४१)

चोखै बन्छ हिमालको हिउँ भरी छाती भरी सुन्दरी।
यो आँखा दुद्दका सुधांशु छवि कैं छौ झोपडीमै तिमी ॥
बूढ़ो प्रेम बढ़ी बसी नजरमा गर्दै तुषारस्तुति।
लेला आड प्रगाढ नै लगुडको के खोज्नु मैले परी ?
(४२)

पाको फूल छ केश, अङ्गहरु छन् तिम्रा मिहाँ पातला ।
उड्छचौ पङ्ख लिई विचारहरुमा तन्द्राहरूमा भुकी ॥
तिम्रो त्यो नखरे सिपालु छ छिटो नाच्चे अभै आँखिभौं ।
हामी प्रेम अरू परीसँग कहाँ पाऊँ र के गर्दछौं ?"
(४३)

यस्ता बात सुनी तिनी हँसमुखी गाली दिंदी दृष्टिले।
"पारी सुन्दर यो असुन्दरपना क्या छेड गर्ने" भनी ।
"आऊ छधानु यहाँ, करै ! कृति बछचौ एकान्तमा एकली"
भन्दै 'चुक्चुक' साथ हात दुइले पक्डिन् थुँगा फूलकी ॥
(४४)

"कस्तो सुन्दरता बिछट रसिली हाँस्दी नयाँ कोपिला ।
लालीदार मुहार हेर हँसिलो, मानो वसन्ती उषा ॥
बोल्दो लोचनले गुँगूँ गुँगुँ गरी कल्लोल कैं गुन्गुने।
आधा शब्द लुकेर अर्द्ध बुकिने वाक् बोल्दछिन् फूल कैं ॥
(४५)

बस्दामा वनमा महाविजनमा माता पिता दूर भै।
तरस्यो क्यार अलीकता त मनमा हे चाँदनी स्वर्गकी ।
मीठो चुम्बनसाथ आज दुहिता मेरी बन्यौ है भनी।
अप्नाएँ मृदुलाधरा वदनले हाँसेर स्वीकार द्यौ ॥"
(४६)