तयार् गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता बाहेक अरू विशेष ग्रन्थ केही देखिँदैन । विक्रमीय सम्वत् १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर तरफ् जान लाग्दा बाटामा एकदिन् इनका मित्र तारापति उपाध्याय ब्राहरमणसित भेट् भयो र 'आज मेरा घरमा बास बस्नुहोस्' भनी भन्दा बास बस्ने बखत् भयेको थियेन तापनि मित्रको आग्रह देखी निज तारापतिका घरमा बसे । घडी दसेक् रात् चढेदेखि तारापति उपाध्याकी ब्राहमणी र बुहारीले ठाकुठुक् गर्न थाले । भर्रात् जगरा भयाको सुनी बडा रिसले तेसै रात्भरीमा 'बधृशिक्षा' भन्ने ग्रेंथ तयार् गरे । भोलि पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरेर (को) ग्रन्थ दिये । पछिबाट तारापतिलाई उपदेशका रे श्लोकको एक पुर्जी दीकन बाटा लागे, जस्को खुलस्ता लेखेको छ- एक थोक भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती । तिम्रा ई जति छन् जहानहरु ता लड्तन्या रह्या छन् अती ॥ सब्या दन्त बजान आज घरको कर्कर्गत्याको उतै । भर्रात् जाग्रनमैँ भयो मकन ता लागेन आंखा कसै ॥१। (धन् इज्जत र कमाइ देख्छु बढिया छैनन् क्नै चीज् कमी । बूहारी यदि कर्कशा हुन गया कया घर्गरौला तिमी ॥ साह्रै जोक उठ्यो मलाइ र बधशिक्षा बनाजा पनी । यस्ले पत्नि बुहारि छोरिहरुको तालिम् गरौला भनी ॥२॥ हुन त म अतिबी हँ यस् बिन् क्या छ खाँचो । तर पनि त म भन्छु मित्र ह्बौ जानि साँचो ॥
क प्रो ग्रन्थ पनि छापिने छ ।