मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा।
बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
हॉसी पश्चिम नै कदिसरि गरी आए घरैमा ऋषि ॥
(३५)
वल्ली बेहिन गै रेँगी कुसुमले राम्रो थियो झोपडी।
सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥
छाएको खरले विहद्गस्वरले मीठी हवा शीतल।
पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी ॥
(३६)
हॉस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी।
हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने के गरी ॥
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
चिन्दी के वनबालिका, विहगकी सड़ी फुली बागमा ॥
(३७)
दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रहले।
छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥
हीराका चय विश्ववन्द रवि जो हुन् पद्मिनीवल्लभ ।
लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥
(३८)
"ल्याएँ यी ललिताड़िनी मुसमुसे मुन्द्रे परी-बालिका।
आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी ॥
स्वप्ना के वनको प्रसूनवदनी, कल्लोलकी केलि थी।
विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥।"
(३९)
यस्ता शब्द सुनेर भे चकित ती चम्किन् त्यहाँ गौतमी।
ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी।
आफैले तपको गरी निहूँ कते ज़न्मिन् कि यी बालिका ?"
(४०)
Page:Shakuntala.pdf/70
Appearance
This page has not been proofread
