«स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
कृ्ष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
(१७)
जान्छ टाढा कतै स्वर्गको देशमा$
दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
चित्त मेरो खिँची लग् परै पूर्वमा ॥”
(१८)
यत्ति बोली तिनी : काँसका फूल झैँ ।
धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
'शीतका बिन्दुको झल्लरी, कान्तिमा ।
वृक्षशाखा हुँदा बढ्दछन् झन् अघि ॥
(१९)
आज लौ बाजले लाज छोडीकन ।
पेट नै भर्नको रक्तको काजमा ॥
पूर्वका साजका माभ सौन्दर्यको ।
शान्तिको सूचना तोड्छ भझम्टीकन ॥
(२०)
एक तर्सी रुँदी आँसुवाली चरी ।
बालिका नीडकी त्यो पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिदा आउने । -
कम्पमा रुग्स्गे पड्क तर्सी इँदी॥
(२१)
“ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
हानलुछ् ! हानल । जिन्दगीका भुवा ॥
फूल झैं कोमला सुन्दरी ।”
शब्द यस्तै गरी कण्व लागे पछि॥
(२२)
Page:Shakuntala.pdf/67
Appearance
This page has not been proofread
