'को होला ? कुन भूपपुत्र ? कसको यो रत्न तेजी यहाँ ?'
भन्दै तर्क गरेर दर्शक जने गर्दै प्रशांसा त्यहाँ ॥
'यस्तो बालक रत्न सुन्दर महातेजी हँसीलोकन ।
पाउँ राख्न म काख चुम्बन लिँदै स्वर्गै थियो जीवन ॥
(१७)
लोभै लाग्दछ देख्नलाइ शिशु यो क्या तेजको ।
यौटा दोष नदेखिने, कति छिटो, क्या फर्विलो क्या सफा ॥
तोते फुद्न तयार शब्द रसिलो ट्ना बनी कानमा ।
गद्गद् बन्दछ चित्त चारु सपना झैं दिव्य उद्यानमा ॥
(१८)
को होला ? यसको मुहार अलि क्यै थोरै चिने झै कता ।
कोही मानिसको कि देवहरुको झै लाग्छ मिर्मिर् यता ॥
के मैले सपनातिरै दिन कुनै देखेँ ? झझल्कोसरि ।
को होला ? कन भूपको शिशु यहाँ या देव आए झरी ?
(१९)
स्वप्ना सुन्दर आशका हृदयका फुल्दौ हुँदा यौवन ।
देखिन्छन् यसरी कतै कि रसिला आँखा लिई सम्भिन ?
अर्कै ठाउँ झरेर स्वर्गतिरका यी बाल-स्वप्नाहरू ।
हाँसी चित्त रुलाउँछन् कि यसरी दुःखी बनाई मर्छ ॥
(२०)
यस्तै एक थियो सुचारु सपना त्यो कोपिलैमा पर ।
मेरो लात लिई गयो बिधि हुँदा उल्टो कडा निष्ठर ॥
त्यो बाबाकन रुग्ण दीन थलमा भझूुत्रो लगाई रुँदी ।
होलिन् काख लिँदी सुदीनवदनी तप्तप् झरी झैं हुँदी ॥
(२१)
यो को हो ? अब सोध्छु यो मन लिई दुष्यन्त सर्छन् अघि ।
"एनानी ! भन को तिमी ? घर कहाँ ? के नाम तिम्रो भन ?"
भन्दा भन्दछ बाल त्यो हँसमुखा हेरेर माथी तल ।
"मेलो किछ्न नुबा विछाल थल यो" फैलाउँदो बाहुली ॥
"आत्मा नाम ख काम यो छब जगत् जित्ने उज्यालो गली ।
बाबा कछखयपको कटी घल" भनी तोते बनी माधुरी ॥
(२२)
Page:Shakuntala.pdf/366
Appearance
This page has not been proofread
