ठोक्नो ली लोहवाला मुखतिर सुनले पीँध त्यस्तै जडेको ।
प्वाँखे छन् चाप तीखा धरिथधरि रँगका नोक नीचा परेको ॥
लामो बाङ्गो घुमेको असिअनुसरणी म्यान कालो जडाउ ।
कापेली बीँड राम्रो कमरकन दिँदो क्या छ शोभा र भाउ ॥
(५)
छातीका ब्यूढ उँचा रिपुभवनविषे दिव्य झै अंशुमाली ।
बाल्दा श्रीपेच जस्ता गिरिशिखर छुँदा लाल योद्धा बनेर ॥
फारी किल्ला अँध्यारा तिमिर अरिहरूको गिराएर रक्त ।
सेता धप्धप् बलेका वदनसरि थिए वीर झैं ज्योतियुक्त ॥
(६)
दोटै बस्छन् उज्याला छविमय-रथमा दिव्य आकाश जाने ।
राजा केही पछाडि प्रखरयश महातेजंका वीरमूर्ति ॥
हाँक्नेचाहीं अघिल्ला, मुकटकन यसो केशकाला पछाडि ।
सारा हेर्छन्, उज्यालो जलदतिर चिरा चम्किएको झ्रलक्क ॥
(७)
यौटा पूजा गरेका छविमय बिजुलीले बनेतुल्य मूर्ति ।
ज्यूँदा जस्ता छरीता चलमलसितका जो भनूँ वेगदेव ॥
हाँसेका चित्र जस्ता उडुँउडुँ सँगका छन् पखेटा फिंँजारी ।
राखेका यानमा त्यो स्तुतिपछि उडिगौो यान ती धप्प बल्दा ॥
(८)
पैह्रले फदफट पखेटा गगनपथ लिँदो चील जस्तो सजीव ।
फरफर् गर्दो भयो त्यो परतिर नभमा गान गाई अनौठा ॥
फन्का लामा लिएको वरपरतिरको दृश्यको झैं विलासी ।
चढ्दै चढ्दै गयो त्यो उपरउपर नै चाल राम्रो लिएर ॥
(९)
बस्ने अट्टालिकामा युवतिहरु परीतुल्य पारेर ठाँट ।
कोरेका केश स्पूँदा अरुणनयनका तेजिला बैँस शोभा ॥
फर्केका चारु आँखा हँसमुख चकिता वस्त्र राम्रा रँगीन ।
कोही औला ठडघाई गगनतिर असरूलाइ देखाउँदा छन् ॥
(१०)
Page:Shakuntala.pdf/327
Appearance
This page has not been proofread
